दफा ११
कार्यान्वयनको कार्यसूची

११. कार्यान्वयनको कार्यसूची

११.१ दशौं योजना र गरिबी निवारण रणनीतिपत्रले अघि सारेका गरिबी निवारण तथा विकासका उद्देश्य र लक्ष्य पूरा गर्नमा वैदेशिक सहायता नीतिको समुचित कार्यान्वयनले मार्ग प्रशस्त गर्ने हुँदा नेपाल सरकारवैदेशिक सहायता नीतिको कार्यान्वयन गर्न दृढता र संवेदनशीलताका साथ प्रतिबद्ध रहेको छ ।

११.२ वैदेशिक सहायता नीतिले एउटा महत्वपूर्ण र वास्तविक कार्यसूची अगाडि राखेको छ । दातृसमुदाय र नेपाली सरोकारवाला दुबै पक्षले लामो समयदेखि देखाउँदै आएका चासोहरूको समाधानार्थ यस किसिमको वृहत् (ऋयmउचभजभलकष्खभ) प्रयासको आवश्यकता रहेको विषयमा नेपाल सरकारविश्वास राख्दछ । यस किसिमको प्रयासका लागि विकासका सहयात्रीहरू सबैको समय, प्रतिबद्धता, समझदारी र इच्छाशक्ति चाहिन्छ । यसको सफल कार्यान्वयनबाट नेपालका विकास सहयात्रीहरूबीच प्रभावकारी समझदारी कायम गर्ने आधार हुनेछ र नेपालको गरिबी निवारणको प्रयासमा चुनौतिपूर्ण विविध स्थितिबारे नेतृत्व प्रदान गर्न सक्षम हुनेछ । यो नीतिलाई वास्तविकतामा परिणत गर्नु नेपाल र दातृसमुदायको सामु रहेको एक साझा चुनौति पनि हो ।